१६ आश्विन २०८३, शुक्रबार

आइसियु र भेन्टिलेटर थप गर्नुपर्ने निष्कर्ष

एसीपी संवाददाता

१८ भाद्र २०७७, बिहीबार १७:१४ मा प्रकाशित

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले शहरी क्षेत्रमा आइसियु र भेन्टिलेटर थप गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै आइसियु र भेन्टिलेटरका साथै एम्वुलेम्स र शववहान थप गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले नेपाल भेन्टिलेटर सर्भिसले भेन्टिलेटर बैंकको प्रस्ताव गरेकोमा आवश्यकता अनुसार प्रयोगमा ल्यााउन स्वास्थ्य सेवा बिभागमार्फत परिचालन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै कोरोना संक्रमणलाई मध्यनजर गर्दै बिभिन्न स्थानमा जिल्ला प्रशासन कार्यालयले गरेको आदेशका कारण जनसमूदायमा पर्न सक्ने अत्यावश्येक कामहरुलाई व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीले मापदण्ड तोकेर सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले विदेशबाट नेपाल ल्याउदा पिसिआर गर्ने र नगर्ने व्यक्तिहरुलाई मिसाएर ल्याउने गरेको गुनासो आएको भन्दै अब उपरान्त उडान हुने स्थानबाटै पसिआर पोजेटिभ भएका व्यक्तिलाई मात्र ल्याउन सम्बन्धी बिमान कम्पनीहरुलाई निर्देशन दिने निर्णय भएको उहाले बताउनुभयो ।

बैठकमा स्वास्थ्य मन्त्रायलले कोरोना नियन्त्रण र रोकथामका लागी भएका प्रयासका बारेमा जानकारी गराएको गुरागाईले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x