आईडियल स्पोर्ट्स मिट २०८१ को ग्रान्ड फिनाले सम्पन्न
नेपालगन्ज – आईडियल पब्लिक सेकेन्डरी स्कूल नेपालगन्जमा आयोजित आईडियल स्पोर्ट्स मिट २०८१ को अन्तिम दिन उत्साहजनक वातावरणमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि यस स्कुलका अध्यक्ष एवं अल-हीरा एजुकेशनल सोसाइटी नेपाल का उपाध्यक्ष बद्रे आलम खान रहनुभएको थियो। साथै, विशिष्ट अतिथि तथा व्यवस्थापन समितिका आधारभूत सदस्य जमील अहमद जरगर को विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनायो।

आजको मुख्य आकर्षण भनेको चार हाउस टिमहरूबीच भएको रोमाञ्चक कबड्डी प्रतिस्पर्धा रह्यो। खेलाडीहरूबीचको जोश, समर्पण र उत्कृष्ट खेल कौशलले सम्पूर्ण दर्शकलाई रोमाञ्चित बनायो।
यो खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, टीम वर्क र अनुशासनको विकास गर्ने लक्ष्य रहेको विद्यालय ब्यवस्थापनले जनाएको छ । खेलमा सहभागी सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा राखेको विद्यालयले जानकारी दियो ।



