आईतबार थप १ जना संक्रमितको मृत्यू

बाँकेमा आईतबार थप १ जना कोरोना संक्रमितको मृत्यू भएको छ भने भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना पीसीआर परीक्षणमा बाँकेका ३८ सहित ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मृतक भदौ १५ गते कोरोना पोजेटिभ पुष्टि भएको हो । भदौ १८ गते भर्ना भएका संक्रमित युवराज विक्रम घलेलाई मुटुको रक्त नलि बन्दहुने समस्या भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्षन नरेश श्रेष्ठले प्रेस नोट मार्फत जनाएका छन् । संक्रमित भए पश्चात घलेलाई न्यु इन्द्रेणी होटेलमा निजि आइसोलेसनमा बसेका घले उपचार पश्चात् बिरामीको स्वस्थ्य अवस्थामा सुधार नआएपछि समस्या बढ्दै गएर मृत्यु भएको जनाएको छ । बाँकेमा हाल सम्म कोरोना संक्रमणका कारण ७ जनाको मृत्यू भएको छ ।

बाँके र बर्दियामा ठूलो संख्यामा भाइरस संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा संक्रमितको संख्या थपिएको छ । बाँकेमा ३८ जना थपिँदा राजनीतिक दलका नेता, डाक्टर र प्रहरी पनि परेका छन् । बर्दियामा बाँसगढी नगरपालिकामा ठूलो संख्यामा संक्रमित थपिएका छन् । बाँसगढीमा रहेको सिजी ग्रुपमा कार्यरत कर्मचारीमा भाइरस संक्रमण देखिएको छ ।



