३२ असार २०८३, बिहीबार

आतंकवादी विरुद्ध हामी भारतको साथमा छौँ – निधी

एसीपी संवाददाता

२५ बैशाख २०८२, बिहीबार १९:४३ मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले भारतीय सेनाले हालै गरेको सिन्दूरकाल नामक आतंकवाद बिरोधी अपरेशन प्रति सर्मथन जनाउँदै भारत सरकारलाई बधाई दिएका छन् ।

उनले समाजिक सञ्जालमार्फत एक पोष्ट गर्दै उक्त अपरेशनलाई भनेका छन्- “भारतीय सेनाले आतंककारीको विरूद्धमा गरेको सफल अपरेशन सिन्दूरकालागि बधाई छ, पहलगाममा घुम्न गएका हाम्रो नेपाली नागरिक सुदीप न्यौपाने सहित २६ भारतीय पर्यटकलाई आतंककारीहरुले बिनाकारण गोली हानी हत्या गरेको दुखद् घटनाको यो स्वाभाविक जबाफ हो। आतंकवाद विरुद्धको संघर्षमा हामी भारतको साथमा छौं।”

आतंकवाद विरुद्धको साझा लडाइँमा नेता निधिले स्पष्ट रुपमा भारतको पक्षमा ऐक्यबद्धता जनाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x