१५ भाद्र २०८३, सोमबार

आफ्नो शेषपछि मात्रै नयाँ दलाइ लामाको चयन हुने स्पष्ट

एसीपी संवाददाता

१९ असार २०८२, बिहीबार १०:४४ मा प्रकाशित

एजेन्सी । भारतमा निर्वासित तिब्बती वौद्ध सम्प्रदायका सर्वोच्च धर्म गुरु दलाइ लामाले आफ्नो शेषपछि मात्रै नयाँ दलाइ लामाको चयन हुने स्पष्ट पार्नुभएको छ ।

आगामी आइतबार पर्ने आफ्नो ९०औं जन्मोत्सवको अघि आज हिमाञ्चल प्रदेशको धरमशालाबाट आफ्ना हजारौं अनुयायीहरुलाई भिडियो सम्बोधन गर्दै लामो उहाँले आफूले खडा गर्ने प्रतिष्ठानले मात्रै नयाँ दलाइ लामाको चयन गर्न सक्ने बताउनु भएको हो ।

त्यसमा हस्तक्षेप गर्ने अधिकार कसैलाई नरहेको भन्दै चीन सरकारलाई पनि जवाफ दिनुभएको छ । चीनको कम्युनिष्ट सरकारले नयाँ दलाइ लामा चीन सरकारबाट अनुमोदन हुनुपर्ने बताउँदै आएको छ ।

तिब्बती परम्परा अनुसार दलाइ लामाको मृत्युपछि उनको अवतारको रुपमा नयाँ दलाइ लामा चयन गर्ने गरिन्छ भने दलाइ लामा नै सर्वोच्च पद हो ।

चीनले तिब्बतलाई कब्जामा लिएपछि सर्वोच्च धर्म गुरु दलाइ लामा भागेर शरणका लागि भारत जानु भएको थियो । दलाइ लामासंगै ठूलो संख्यामा तिब्बतीहरु भारत र नेपालमा शरण लिन आएका थिए । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x