३२ असार २०८३, बिहीबार

इत्तेहाद संगठनकाे केन्द्रीय महाधिवेशन नेपालगञ्जमा हुने ।

एसीपी संवाददाता

१५ फाल्गुन २०८१, बिहीबार १९:५० मा प्रकाशित

फाल्गुण १५, नेपालगञ्ज ।
नेकपा एमाले काे भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनकाे साताैं केन्द्रीय महाधिवेशन २०८२ साल बैशाख २१ र २२ गते नेपालगञ्जमा हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराईएकाे छ ।
सम्मेलनकाे उद्घाटन नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् भने पार्टीका महासचिव शंकर पाेख्रेलकाे पनि विशेष उपस्थिति रहने कुरा संगठनका इञ्चार्ज माेहम्मद हारुन हल्वाईले पत्रकार सम्मेलनमा जानकारी गराए ।
महाधिवेशन तयारी समिति संयाेजक तथा संगठनका काेषाध्यक्ष अब्दुल करीम खानले नेपाली मुस्लिम समुदायको अधिकार र पहिचानकाे कार्य गरिरहेकाे मुस्लिम इत्तेहाद संगठनकाे अधिवेशन सफल बनाउन सम्पूर्ण सदस्य तथा बाँकेवासीमा आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनकाे अध्यक्षता गरिरहनु भएका संगठनका बाँके जिल्ला अध्यक्ष शफिक नद्दाफका अनुसार महाधिवेशनमा ४२ जिल्लाबाट ६ सय जना प्रतिनिधिकाे सहभागिता रहने जानकारी गराउनु भयाे ।
पत्रकार सम्मेलनमा माननीय सूर्य ढकाल, लेखा आयाेग सदस्य विजया धिताल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायत पार्टीका नेता तथा संगठनका पदाधिकारीकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन शकील अहमद कादरीले गर्नु भएकाे थियाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x