११ असार २०८३, बिहीबार

प्रधानमन्त्री निवास बालुवाटारका ६० जनाको स्वाब संकलन

एसीपी संवाददाता

२० श्रावण २०७७, मंगलवार १३:३९ मा प्रकाशित

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना परिक्षणका लागि प्रधानमन्त्री निवास बालुवाटारका ६० जनाको स्वाब संकलन गरेको छ ।
त्यस्तै महाशाखाले अन्य दुई कार्यालयमा काम गर्ने कर्मचारीको कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरेको छ । महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको कोभिड–१९ परीक्षणका लागि स्वाब सङ्कलन गरेको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री निवास बालुवाटारका ६०, अख्तियारका ६० र परराष्ट्र मन्त्रालयका १८ जनाको स्वाब सङ्कलन गरिएको छ ।
बालुवाटारमा सुरक्षाकर्मी र कर्मचारी, अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्याक्ट टे«सिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x