१ श्रावण २०८३, शुक्रबार

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा फरार प्रतिवादी पक्राउ

एसीपी संवाददाता

१३ मंसिर २०८१, बिहीबार ०५:५८ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु, मंसिर

सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुको लगत नम्बरहरु २४१८, २४२०, २४२२ नकवजनी चोरी कसुर मुद्दामा ०१ (एक) वर्ष ०१ (एक) महिना १५ (पन्ध्र) दिन कैद सजाय र रु.१,९५,११८।- (एक लाख पन्चानब्बे हजार एकसय अठार मात्र) जरिवाना असुल गर्न बाँकी भई फरार रहेका प्रतिवादी लाई सोमवार इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको छ।

कपिलवस्तु जिल्लाको कृष्‍णनगर नगरपालिका वडा नं. ०२ पुरानो बसपार्क बस्ने बर्ष ३२ को मोहम्मद आजम मुसलमानलाई उक्त लागेको कैद तथा जरिवाना असुल उपर गर्नु पर्ने भएकाले कृष्णनगर नगरपालिका वडा नं. ०२ पुरानो बसपार्क स्थितबाट पक्राउ गरी सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुमा मंगलवार उपस्थित गराईएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।
कैद भुक्तानको लागी कारागार कार्यालय तौलिहवा कपिलवस्तु पठाईएको इलाका प्रहरी कार्यालय कृष्णनगरलेजनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x