३२ असार २०८३, बिहीबार

ईन्सपाईरिंग युथमा ईन्टेग्रेटि आईकन सुबेदी

एसीपी संवाददाता

२ फाल्गुन २०८१, शुक्रबार २३:२१ मा प्रकाशित

बास नेपालद्वारा हरेक हप्ताको शुक्रवार हुने ईन्सपाईरिंग युथमा ईन्टिग्रेटी आईकन २०२४ बिजेता सर्मिला सुबेदीले अनुभव सुनाएकि छन् ।
कार्यक्रमको ३२८ औं श्रृंखलामा सुबेदीले अनुभव सुनाएकि हुन् ।
आधारभुत स्वास्थ्य केन्द्र नेपालगञ्ज ११ मा कार्यरत जनस्वास्थ्य निरिक्षक सुबेदी हालै एकाउण्टबिलिटि ल्यावद्धारा ईन्टिग्रेटी आईकन २०२४ को रुपमा छनौट भई पुरस्कृत भएकि थिईन् ।
अनुभव सुनाउँदै सुबेदीले आफुले छुट्टै काम केही नगरि सरकारले जिम्मा दिएकै काम गरेको बताईन् । उनले भनिन् –आफ्‌नै जिम्मेवारी ईमान्दारितापूर्बक बहन गर्दा समेत समाजले असल मुल्यांकन गर्दो रहेछ ।
२०७१ मा सरुवा भएर जयसपुर आउँदा स्थानीयबासीहरुलाई स्वस्थ बनाउनका लागि ब्यङ्यात्मक मन्त्रको बिधि प्रयोग गरेको उनले बताईन् ।
उनले भनिन् – काभ्रेमा सरुवा भएर जाँदा आफुले ईमान्दारिता पूर्वक काम गरेर बिरामीहरुले आफु कार्यरत स्वास्थ्य संस्थाबाट सेवा लिँदा एम्बुलेन्स चढेर बिरामी काठमाण्डौं जान परेन, यसरी एम्बुलेन्सको प्रयोग नभएपछि एम्बुेलन्स घाटामा गयो भनेर मेरो बिरोध भयो, मेरा विरुद्ध डेलिसेशन गए स्थानीयहरु ।
उनले थपिन् – आफ्नो दायित्व पूरा गर्दा आफुले स्पष्टीकरण पाउँदा दुःख पनि लाग्यो तर त्यसलाई स्पिड ब्रेकरको रुपमा लिएर धैर्य भएर आफुले गरेको काम भनें, मैले काम नगरे। बस्ने हो भने मलाई काम नगर्नु भनेर पत्र लेख्नुस्, म चुप लागेर बस्छु भनें, पछि स्थानीय सरकारले मेरो कुरा बुझ्यो अन्ततः मेरो बिदाई भव्य तरिकाले भयो । 
आफ्नो जिम्मेवारी मात्रै पूरा गरेको हो मैले केही गरेको होईन तर पनि जिम्मेवारी पूरा गर्दा पनि कति फरक पार्छ भन्ने उदाहरण मेरा धेरै कामबाट मैलेनै महसुस गरेको छु –उनले भनिन्‌– म जीवन प्रयन्त कर्तव्य पालनाबाट बिमुख हुनेछैन ।
बास नेपालका परियोजना संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x