९ मंसिर २०८३, मंगलवार

ईस्लामिक राष्ट्रले किन देखाएनन विपिन जोशीको रिहाई फरमुला ?

एसीपी संवाददाता

२१ पुष २०८०, शनिबार १५:१८ मा प्रकाशित

मारिएका बन्धकमा कतिपय त इजरायली सेनालेसमेत गोली मारेको पाइएको छ । हमासले पनि मौकाको फाइदा उठाउँदै इजरायली बमबारीमा बन्धकहरु मारिएको बताएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरु एवं अन्य देशहरुको कूटनीतिक पहलका कारण झण्डै सय जना बन्धकलाई हमासले छाडेको थियो ।

यो हिसाबले पनि अझै ११० देखि ११५ बन्धक हमासकै कब्जामा छन् ।

कहाँ छन् विपिन ? 
आतङ्कवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको अवस्था अझै अज्ञात छ । उनको रिहाइका लागि धेरै नै पहल भइरहेको छ । तर त्यो पहल हमाससम्म पुगेको देखिँदैछ ।

परराष्ट्र मन्त्री पटक पटक विदेश गएर पहल गरे । कतारसमेत गएर पहल गरे । उनी हमासले आक्रमण गरेपछि आतंकित भएर इजरायलमा बसेका नेपालीहरुलाई लिन आफैँ गए । तर विपिनको पत्तो छैन ।

नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले विपिन जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी यसअघि नै सभामुख देवराज घिमिरेलाई बताएका थिए ।

गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ ।

गाजामा इजरायलले गरेको कारबाही
इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन् ।

गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजा विरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने ।

यसैबीच  इजरायली सेनाले शुक्रबार मानवीय कारणका लागि भन्दै गाजा पट्टीको रफाह शहरको तेल अल–सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x