२२ श्रावण २०८३, शुक्रबार

उईगरको अत्याचार लुकाउन मुस्लिम रास्ट्र बिच सम्झौतामा भुमिका खेल्दै चीन

एसीपी संवाददाता

५ भाद्र २०८०, मंगलवार ०९:५६ मा प्रकाशित

एजेन्सी । चीनले इरान र साउदी अरेबियाबीचको सम्बन्ध सुधारका लागि मध्यस्थता गर्ने प्रतिवद्धता जनाएको छ ।

बेइजिङमा सम्पन्न शीर्ष कुटनीतिज्ञहरुसँगको छलफलपछि चीनले दुवै देशबीच जारी टकराब अन्त्यका लागि मध्यस्थता गर्ने बताएको हो । चिनियाँ संचारु माध्यमका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षीसँगको टेलिफोन संवादमा तेहरानको समस्या समाधानका लागि तयार रहेको बताउनुभएको हो । उहाँले मध्यपूर्वमा शान्ति स्थापना र विकास निर्माणका लागि पनि चीनले सहयोग गर्ने प्रतिवद्दता जनाएको छ ।


तर चीनले सिन्ज्याङमा उइगर मुस्लिम माथी गर्दै आएको अत्याचार  अन्याय बारे मुस्लिम रास्ट्र न बोलोस भनी आफ्नो भुमिका उपस्थित गराएको छ । मुस्लिम रास्ट्रले उइगरको मुद्दा न उठाउन भनेर मुस्लिम रास्ट्रहरुमा पाकिस्तान सहितका देश मौन  छ्न । चीनमा उइगरलाई आफ्नो ईस्लामिक कुरा , नमाज , कुरान , यस्ता  कुरामा कुनै छुट् नरहेको बताउदै आएको छ । चीनले उईगर युवाहरूलाई जेलमा थुनेको छ । महिलाहरु माथी अत्याचार , बुढाहरु लाई समेत जेल थुनेर राखेका छ्न । करिब ९० उइघुर किशोरीहरूलाई सिनजियाङमा चिनियाँ सञ्चालित कपडा कारखानामा बन्दी बनाइएको छ। जहाँ उनीहरूलाई दिनको १४ घन्टा, हप्ताको सात दिन परिश्रम गर्न बाध्य पारिनुका साथै नियमित रूपमा मौखिक र शारीरिक दुर्व्यवहारको सामना गर्नुपरेको रेडियो फ्री एशियाले गरेको अनुसन्धानले देखाएको छ।मारालबेशी काउन्टीको वानहे गार्मेन्ट कम्पनी लिमिटेडको नजिकैको यार्कान्त दोस्रो व्यावसायिक हाई स्कूलसँग गोप्य सम्झौता गरिएको छ। जस अन्तर्गत १६ देखि १८ वर्षका छात्राहरूलाई उनीहरूको इच्छाविपरीत कारखानामा काम गर्न पठाइन्छ।स्थानीय अधिकारीहरूले आफ्ना छोराछोरीलाई कारखानामा काम गर्न पठाउन अभिभावकहरूलाई दबाब दिएका छन्। ३० र ४० वर्षका करिब एक दर्जन महिला र केही पुरुषहरू काम गर्ने प्लान्टमा कामदारहरूलाई बाहिर जान रोक लगाइएको छ। तिनीहरू कारखाना परिसरमा छात्रावासमा सुत्छन्।

इरान र साउदी अरेबियाबीच उत्पन्न तनावका कारण चीन, इराक, लेबनान, ओमान र बहराइनलगातका मुलुकहरु पनि प्रभावित भएका छन् । यता, तेहरान र रियादका अधिकारीहरुले भने दुवै देशबीच बाहिर चर्चा आएजस्तो सम्बन्ध नबिग्रिएको दावी गरेका छन् । साउदी अरेबियाले भने क्षेत्रिय सुरक्षामा चासो देखाउँदै चीनको प्रस्तावलाई सकारात्मक भनेको छ । अमेरिकासँग विश्वासको वातावरण नबन्दा मध्यपूर्वलाई आफ्नो प्रभावमा पार्न चीनले अनेकन प्रयासहरु गरेको पश्चिमा मुलुकहरुले आरोप लगाएका छन् । इरानलाई आफ्नो आणविक कार्यक्रम स्थगित गराउन यसअघि अमेरिकाले पनि पटक पटक प्रयास गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x