२ श्रावण २०८३, शनिबार

उदयपुरमा बम बिस्फोट,दुईवटा भवन क्षतिग्रस्त

एसीपी संवाददाता

७ मंसिर २०७७, आईतवार ०६:५६ मा प्रकाशित

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ।

आज बिहान १ बजेतिर कार्यालयको हेल्प डेक्स रहेको स्थानमा विस्फोट भएको हो। विस्फोटको कारण कार्यालयको दुईवटा कोठामा क्षति पुगेको छ।

‘उपाध्यक्षज्यू बस्ने र अर्को कोठामा क्षति पुगेको छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ,’ गाउँपालिका अध्यक्ष उद्धव सिंह थापाले भने।

त्यस्तै, कार्यालयको गेटमा समेत शंकास्पद वस्तु फेला परेको छ। सो वस्तु विस्फोटक पदार्थ हुनसक्ने आशंकामा प्रहरीले डिस्पोजको तयारी गरिरहेको छ। नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुग्दैछ।

‘घटनाको अनुसन्धान गरिरहेका छौं। कसले र किन राख्यो भन्ने खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भीमप्रसाद दाहालले भने।

अर्को पनि शंकास्पद वस्तु देखिएकाले प्रहरीले कार्यालय पूर्ण शिल गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x