१ श्रावण २०८३, शुक्रबार

उद्योग वाणिज्य संघ कृष्णनगरमा रितेश शर्माको अध्यक्षमा उम्मेदवारी

एसीपी संवाददाता

१० पुष २०८१, बुधबार १४:०० मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु, पुस १०

उद्योग वाणिज्य संघ कृष्णनगरको निर्वाचन पुष १९ गते हुने भएको छ। ११ औं अधिवेशन तथा साधारणसभामा सहमति नमिलेको भएर निर्वाचन मंडलले निर्वाचन तालिका सार्वजनिक गरेको छ।

उद्योग वाणिज्य सङ्घ कृष्णनगरको आगमी नेतृत्वका लागि युवा उद्यमी रितेश शर्माले अध्यक्ष पदका लागि आफ्नो उमेद्वारी दिएका छन् । उनी संगै अन्य चार जना उमेदवार प्रतिस्पर्धामा रहेका छन्।

रितेश शर्माले आफूलाई अध्यक्ष पदमा निर्वाचित गराउन सङ्घमा आवद्ध  उद्योगी व्यवसायीहरुलाई   आग्रह गरेका छन् ।

शर्मा लामो समयदेखि व्यापार, व्यवसाय गर्दै आएका छन्। आफू चुनावमा निर्वाचित भए व्यपारीहरूका हकहितका लागि नयाँ योजना सहित अगाडि बढ्ने बताउदै सबैलाई विजयी बनाउन आह्वान गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x