१२ असार २०८३, शुक्रबार

उपभोक्तालाई पक्राउ गरेको भन्दै दोलखा विरोध जुलुस

एसीपी संवाददाता

२१ भाद्र २०७७, आईतवार १३:०२ मा प्रकाशित

दोलखाको मेलुङ गाउँपालिका केन्द्रस्थित गाउँका खानेपानी माग्न गएका उपभोक्तालाई पक्राउ गरेको भन्दै दोलखा काङ्ग्रेसले निकालेको विरोध जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

https://www.youtube.com/watch?v=hj3ydO0co1A

आइतबार साँझ दोलखाको चरिकोटमा दोलखा कांग्रेसले खानेपानी माग्ने उपभोक्तालाई बिना कारण पक्राउ गरिएको भन्दै रिहाइको माग गर्दै प्रदर्शन गरेको थियो । प्रदर्शनमा उत्रिएपछि प्रहरीले भिडलाई नियन्त्रण गर्न हस्तक्षेप गरेको हो ।

मेलुङ गाउँपालिका ४, भेड्पुस्थित अरले खानेपानी आयोजनाको लागि आएको बजेट गाउँपालिकाले आर्थिक वर्षको सुरुमै रकमान्तर गरी अन्यत्र लैजान खोजेको विषयमा उत्पन्न भएको विवादमा उपभोक्ता समितिका अध्यक्षसहित ५ जना पक्राउ परेका थिए ।

भदौ १८ गते वडाध्यक्ष छत्रबहादुर तामाङ सहितको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गाउँपालिका गएका उपभोक्ता र गाँउपालीकाबीच विवाद भएको थियो । विवाद बढ्र्द गएपछि उपभोक्ताले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी पछि चरिकोटदेखि गएको प्रहरीको टोलीले उपभोक्ता समितिका अध्यक्ष कृपाश्वर गोलेसहित प्रविण थोकर, कुमार गोले, मधुकर गोले र सपन गोलेलाई पक्राउ गरेको थियो ।

सोही विषयलाई लिएर दोलखा कांग्रेसले चरिकोटमा विरोध प्रदर्शन गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x