३२ असार २०८३, बिहीबार

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

एसीपी संवाददाता

१५ बैशाख २०८२, सोमबार १८:२८ मा प्रकाशित

काठमाडौं–सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसंग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रोबर्ट डोंमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको शिष्टाचार भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षी सम्बन्धका विविध आयामका विषयमा महत्वपूर्ण संवाद भएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धको चर्चा गर्दै सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको बताउनुभयो । नेपाल र संयुक्त अधिराज्यबीच भएको शान्ति तथा मैत्री सन्धिको १००औं वर्षगाँठ सन् २०२३ मा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको उहाँले स्मरण गर्नुभयो ।

उहाँले संयुक्त अधिराज्यलाई नेपालको प्रमुख विकास साझेदारको रूपमा उल्लेख गर्दै विपद्का घडीमा नेपाललाई प्रदान गरिएको सहयोगको लागि धन्यवाद दिनुभयो । ‘हाम्रा दुई मुलुकबीच राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा रहेको मित्रता अद्वितीय छ, पछिल्ला दिनहरुमा यो थप प्रगाढ हुँदै गएको छ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ब्रिटिस गोर्खाले द्विपक्षीय जनस्तरको सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको सराहना गर्दछु । ’

उहाँले पूर्व ब्रिटिस गोर्खाका जायज गुनासा सम्बोधनका लागि कूटनीतिक तहमा भइरहेका छलफललाई समयमै टुंगोमा पुर्याउन आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तन र विश्व परिवेशमा देखा पर्नसक्ने मुद्दाका विषयमा बहस चलाउने उद्देश्यले नेपालले स्थापना गरेको ‘सगरमाथा संवाद’को चर्चा गर्दै उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ यही मे १६ देखि १८ सम्म काठमाडौंमा आयोजना हुने यो संवादको पहिलो संस्करणमा “जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य” विषयमा संयुक्त अधिराज्यबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा छ । ’

उपराष्ट्रपति यादवले महामहिम राजदूतमार्फत संयुक्त अधिराज्यका राजा चाल्र्स र महारानी क्यामिलालाई व्यक्तिगत सुख एवं सुस्वास्थ्यको शुभकामना सन्देश प्रेषित गरिदिन आग्रह गर्नुभयो ।

नेपालका लागि संयुक्त अधिराज्यका महामहिम राजदूत रोबर्ट डोंमिनिक रुसेल फेनले नेपाल र संयुक्त अधिराज्यसंगसंगै काम गर्ने घनिष्ट मित्र रहेको उल्लेख गर्दै नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’लाई बेलायतको सहयोग रहने बताउनुभयो । ‘ उद्योग र आर्थिक मुद्दाहरुमा लण्डनस्थित नेपाली दूतावाससंग बेलायत निरन्तर संवादमा छ’ उहाँले भन्नुभयो, ‘ब्रिटिश गोर्खाको सेवा र सुविधालगायतका विषयमा पनि लण्डनस्थित नेपाली दूतावाससंग संवाद जारी राखेर समस्या समाधानको प्रयास भई रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x