२ श्रावण २०८३, शनिबार
उपसभामुख इन्दिरा रानालाई ह्यूमिलीएशन नगर्न सत्तारुढ दलका सांसदहरूलाई आग्रह
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुख इन्दिरा रानालाई ह्यूमिलीएशन नगर्न सत्तारुढ दलका सांसदहरूलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले उपसभामुख राना पदबाट हटाउने भनेर अगाडि नबढ्न आग्रह गरे । यस्तो प्रयास भए प्रतिवाद गर्ने उनको चेतावनी छ । भिसाको विषय सदनसँग सम्बन्धित नरहेको उनले बताए ।
‘उपसभामुखज्युले भिसा प्राप्त गर्ने यो सदनको कुनै पनि सदस्यको स्वीकृति लिएर होइन । योभन्दा पहिला गएकाहरूले के के गर्नुभयो ? त्यो पनि हिसाबकिताब लिएर अगाडि बढ्नको निम्ति म अनुरोध गर्न चाहन्छु’ उनले भने । नैतिकताको प्रश्न उठाइएको भनेर हतोत्साहित नहुन उपसभामुख रानालाई सांसद पौडेलको आग्रह छ । ‘‘उहाँलाई नैतिकताको प्रश्न उठाएर, नैतिकताको विषय उठाएर ह्यूमिलिएशन गर्न खोज्ने ?
म उपसभामुखलाई भन्न चाहन्छु– हामी छौं तपाईंको साथमा, हामी प्रतिवाद गर्छौं, ढुक्क हुनुहोला ।’ सामाजिक क्षेत्रमा काम गरेको र एउटा जिम्मेवारी निर्वाह गर्छु भनेर आएको एउटा महिलालाई ह्यूमिलीएशन गर्न नहुने उनको आग्रह छ । उनले सत्तारुढ दलहरूलाई भनेका छन्, ‘‘ ह्यूमिलीएशन नगर्न र यस प्रकारका विषयमा हात हाल्न आग्रह गर्न चाहन्छु ।’ नैतिकताको विषय उठाउादा आफूतिर पनि हेर्न उनको आग्रह छ ।
Subscribe
Login
0 Comments



