उपसमिति द्धारा सरकारले गरेका कामकारवाहीको अनुगमन शुरु

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिले बिभिन्न अस्पतालको स्थलगत अनुगमन गर्दै कोरोना उपचारका बारेमा जानकारी लिएको छ ।
उपसमितिले आइतबार ग्रान्डी अस्पताल, केएमसी अस्पताल र ह्याम्स अस्पतालको अनुगमन गरेको हो । निरिक्षणका क्रममा ग्रान्डी अस्पताल र ह्याम्स अस्पालमा श–सुल्क सेवा दिएर कोराना संक्रमितको उपचार भइरहेको र २० प्रतिशत बेड कोरोना उपचारमा छुट्याइएको पाइएको उपसमिति संयोजक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । उक्त अस्पतालमा कोभिड र ननकोभिडको उपचारको व्यवस्था व्यवस्थीत रहेको पाइएको उहाले बताउनुभयो ।
त्यस्तै केएमसी अस्पतालमा कोभिड र ननकोभिडको उपचारको व्यवस्थापनमा कमजोरी देखिएको उहाले बताउनुभयो ।
उहाले बिभिन्न अस्पतालहरुमा कोरोना उपचारका लागि व्यवस्थीत रुपमा काम गर्न सुझाव दिइएको जानकारी दिनुभयो । कोभिड १९को उपचार रोकथाम र नियन्त्रणका लागि भएका कामका बारेमा उपसमितिले निरन्तरण अनुगमन गरिरहेको छ ।



