३ श्रावण २०८३, आईतवार

एकको मृत्यु,१४ पक्राउ,४ जना फरार जानकी गाउँपालिका झडप अपडेट:

एसीपी संवाददाता

१६ मंसिर २०७७, मंगलवार ०७:२८ मा प्रकाशित

बाँकेमा सोमबार सान्झा भएको दुई समूहबीचको भिडन्तमा एक जनाको मृत्यु भएको छ। प्रत्येक वर्ष जानकी गाउँपालिकाको गुरुवा गाउँमा लाग्ने मेलामा यादव र कादुँँ समुदायबीच झडप हुँदा यादव समूहका स्थानीय ४५ वर्षीय धनिराम यादवको मृत्यु भएको हो ।

मेलामा सोही स्थानका बाबुलाल यादव समूहले आफ्नो पुरानो रिसीइबीले नरेश कादुँँलाई सोमबार बेलुका आक्रमण गरेका थिए । दुश्मन समूह आएको भन्दै यादव समूहका हतियारधारी युवाहरु र आफ्ना साथीलाई आक्रमण भए लगत्तै बचाउनका लागि आएका नरेश कादुँँ समुदायकासाथी र यादव समूहबीच झडप भएको थियो ।

यादवको सोमबार राति ८ बजे नेपालगञ्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो । घाइते ६ जना पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु र नरेश कादुँको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको छ ।

उनीहरु सबै सामान्य उपचारपछि फर्किसकेका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १४ जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातभर स्थिति तनावग्रस्त भए पनि अहिले स्थिति सामान्य भएको बताइएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले सोही स्थानलाई नियन्त्रणमा लिएर बसेको छ । घटनामा फरार ४ जनाको ब्यक्तिको खोजी कार्य जारी रहेको बाँके एपीले ओमबहादुर रानाले जानकारी दिए ।

प्रजिअ रामबहादुर कुरुम्बाङ, एसपी राना र सशस्त्र प्रहरी एसपी अशोक बमको टोली घटनास्थलमा गएर घटनाबारे प्रत्यक्षदर्शीसँग जानकारी लिएका छन् । गत निर्वाचनमा असहयोग गरेका कारण मनमुटाब भएकाले उक्त घटना भएको हुन सक्ने बताइएको छ ।

सबै अनुसन्धान पश्चात् ज्यान मुद्दा चलाइने एसपी रानाले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x