१२ असार २०८३, शुक्रबार

एकदिनमा नै १५० वेडको आइशोलेशन तयार

एसीपी संवाददाता

२२ भाद्र २०७७, सोमबार १५:५६ मा प्रकाशित

नेपाली सेनाले भक्तपुरमा एकदिनमा नै १५० वेडको आइशोलेशन तयार गरेको छ ।


सेनाले भक्तपुरस्थीत सैनिक महाबिद्यालयको बीबीए ब्लकमा एक दिनमै १५० बेडको आइशोलेशन तयार गरेको हो ।

उक्त ब्लकमा २५ वटा कोठा रहेको र प्रत्येक कोठामा कम्तीमा ६ जनालाइ राखिन सकिने सेनाले जनाएको छ । आइशोलेशनको व्यवस्थापन तीन समूहले गर्नेछन्, जसमा व्यवस्थापकीय टीम, मेडिकल टिम र हाइजिन तथा फोहरमैला टिम रहने सूर्य विनायक व्यारेकका गणपति प्रमुख सेनानी शिव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त आइशोलेशनमा पहिलो चरणमा संक्रमित सैनिक तथा आश्रित परिवारलाइ राखिने उहाले बताउनुभयो ।

सेनाले यसअघि भक्तपुरको सूर्यबिनायकमा ७५ वेडको आइशोलेशन तयार गरेको थियो । योसंगै भक्तपुरमा सेनाले २२५ बेडको आइशोलेशन तयार गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x