३२ असार २०८३, बिहीबार

एकीकृत समाजबादी पार्टीद्वारा नेपालगन्जमा विभिन्न राजनैनिक दलका नेता र बौद्धिक ब्याक्तित्व सङ्ग अन्तरक्रिया

एसीपी संवाददाता

१८ जेष्ठ २०८२, शनिबार २०:४८ मा प्रकाशित

नेपालगन्ज – “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने नारा लियर नेकपा (एकीकृत समाजबादी) पार्टी बाकेले आज नेपालगन्जमा विभिन्न राजनैनिक दलका नेता र बौद्धिक ब्याक्तित्व सङ्ग अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको प्रमुख अथिती पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष क. अब्दुल हुसेन खा हुनुहुन्थ्यो र पार्टिले केन्द्र देखि स्थानीय तहसम्म गरेका आन्दोलनका बिसयबस्तुमाथी समग्रहमा प्रकाश् पार्नु भएको थियो।अध्यक्षता बाके पार्टी जिल्ला अध्यक्ष क. दिपक जियमले गर्नु भएको थियो। कार्यपत्र अध्ययन केन्द्रिय सदस्य क. नारायणी ओलिले गर्नु भएको थियो। सहभागी बाट आयको सुझाबलाई जस्ताको त्यस्तै टिपोर्ट पार्टी उपाध्यक्ष करिश्मा योगी, उपसचिव प्रेमिका शाहि र नगर अध्यक्ष क. गणेश ज्ञवालिले गर्नु भएको थियो भने कार्यक्रम संचालन उपसचिव क. टेकेन्द्र मल्लले गर्नुभएको थियो। एकीकृत समाजबादी पार्टीले २०८१ चैत १ गतेबाट केन्द्र, प्रदेश सरकार देखि स्थानीय तहसम्म ज्ञापन पत्र बुझाउने, अन्तरक्रिया, सुझाव संकलन, बहस छलफल जस्ता कार्यक्रम गरेर रोजगारी र सुशासनका लागि आन्दोलन गर्दै आइरहेको छ। जसमा कृषि, उद्योग, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, बिदेशनिति, संबिधान कार्यन्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन जस्ता बिषय छ्न। उक्त अन्तरक्रिया कार्यक्रममा राजनितिक शास्त्री बौद्धिक डाक्टर जनार्दन आचार्य, नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका नेता तारा प्रसाद खत्री, रास्ट्रीय स्वतन्त्र पार्टीका नेता बिनोद अग्रहरी, राप्रपाका कार्यबाहक अध्यक्ष नारायण शर्मा।, जनमोर्चाका नेता किष्ण पाण्डे,नयाँ शक्तिका नेता केवल गिरी, नेकपा बिप्लब केन्द्रिय सदस्य नारायण लम्साल ,उद्योग बाणिज्य संघ अध्यक्ष टंक धामी, सर्जन तथा समाजसेवी डाक्टर बिनोद कर्ण समाजसेवी गोपाल गिरि, संचारकर्मी लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो। आगामी कार्यक्रम जेष्ठ १८ देखि २० सम्म जिल्लाका मुख्य मुख्य स्थानमा पर्चा पम्पेलेट बितरण कार्यक्रम रहेको छ।जिल्ला उपाध्यक्ष करिश्मा योगीले बताउनु भयो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x