११ मंसिर २०८३, बिहीबार

एक्कासि किन फेरि सक्रिय भइन चीनिया राजदुत

एसीपी संवाददाता

८ पुष २०७७, बुधबार १०:५४ मा प्रकाशित

संसद विघटनभएपछि र यो भन्दा पहिले पनि राजनीतिक छलफलमा ब्यस्त भइरहेकै बेला बेला ससदविघटन भए पस्चात चिनियाँ राजदुतको सक्रियता पुनः एकाएक बढ्न थालेको छ ।

पटकपटक नेकपा विवादमा सक्रिय रहदै आएकि र अहिले भएका कुराहरु बाहिर आइरहेका बेला (मंगलबार) साँझ पनि चिनियाँ राजदुत हाउ यान्छिले राष्ट्रपतिलाई भेटेकी हुन् उनको स्रोतले जे दाबी गरे चिनिया राजदुत सोझै हस्तक्षेप भएको नेपाली जनताले महसुस गरि रहेका छन ।

नेकपा अध्यक्ष ओलीले अघि सारेको संसद विघटनको प्रस्ताव केही नसोचेरै स्विकृत गरेको भन्दै विवादित बनिरहेका बेला चिनियाँ राजदुत भेट्न पुग्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । भेटघाटका क्रममा यान्छीले नेकपा भित्रको विवाद समाधानका लागि विभिन्न किसिमले हारगुहार गरेको हुन सक्ने अनुमान गरिएको छ ।

आफ्नो मनपरी ढंगले चिनियाँ राजदुतले राष्ट्रपति एवं प्रधानमन्त्रीलाई भेट्ने गरेकी छन् । तर, देशमा राजनीतिक संकटका बेला विवादित राष्ट्रपतिलाई नै चिनियाँ राजदुत यान्छीले भेटेकी छन् ।

यसबाट नेपाली राजनीतिमा चिनियाँ संलग्नता र यान्छीको नैतिकता एवं मर्यादामाथि समेत प्रश्न उठेका छ । के राजदुतसँग नेपालको आन्तरिक मामिलामा खलबल पुर्याउने किसिमले रातिराति राष्ट्रपतिलाई भेट्न सक्ने हैसियत हुन्छ त भने कुरा समेत उठेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x