२८ बैशाख २०८३, सोमबार

एक घण्टामा एक खुट्टाले २ हजार ७ सय ५० पटक किक

एसीपी संवाददाता

२९ आश्विन २०७७, बिहीबार १४:१८ मा प्रकाशित

तस्बिर दिनेशखबर

तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन्। यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् ।

उनले एक घण्टामा एक खुट्टाले २ हजार ७ सय ५० पटक किक हानेर नयाँ रेकर्ड बनाएका छन्। सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा बिहिबार एक कार्यक्रमको आयोजना गरी यो रेकर्ड कायम गराएको हो।

भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन

अब उनले अक्टुबर २० का दिन मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाउँदै पुरानो रेकर्डलाई तोड्ने छन्।

हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ। उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ। त्यसपश्चात दुवै रेकर्डको डकुमेन्ट गिनिज बुक अफ वल्ड रेकर्डको कार्यालयमा पठाइने छ। दिनेशखबर

पशुपति मन्दिर खुल्ला गर्नुपर्ने भन्दै धार्मिक संगठन द्वारा धर्ना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x