१ श्रावण २०८३, शुक्रबार

एक लाख धरौटीमा रिहा हुने दुर्गा प्रसाईं

एसीपी संवाददाता

१५ आश्विन २०८१, मंगलवार १७:३२ मा प्रकाशित

काठमाडौं– विवादीत व्यावसायी दुर्गा प्रसाई एक लाख रुपैंया धरौटी बुझाएर निस्कने भएका छन्। साइबर अपराधमा पक्राउ परेका प्रसाईलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०÷५० हजार रूपैयाँ धरौटी मागेको हो।

प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो।

रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौला र अर्का एक जनाले प्रसाईविरुद्ध उजुरी दिएका थिए। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x