३० श्रावण २०८३, शनिबार
एपीएफले क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम
एपीएफले क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम राखेको छ ।
एपीएफले सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ८ गोल गरिन् । यस्तै अनिता बस्नेत र अनिता केसीले समान २–२ गोल गरिन् । कप्तान अनु लामा र रबिना गोलेले नाममा एक एक गोल रह्यो । प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डीविरुद्ध एपीएफले दुबै हाफमा समान ७–७ गोल गरेको हो । यससँगै शीर्ष स्थानको एपीएफले लिगमा लगातार सातौं जित हात पारेको छ । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो ।
चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।
Subscribe
Login
0 Comments


