अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो । त्यस पछि भिम रावललाई विविभिन्न कम्युनिस्ट पार्टी आउन प्रस्ताव समेत आएको हो ।
रावलको पक्षमा खुलेकाहरुले यो निर्णय ‘स्वेच्छाचारी’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ता उन्मादी’ भनेर आलोचना गरेका छन् । एमाले त्यागेको भन्दै उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘कम्युनिष्ट र समाजवादका विरोधीहरुसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरुले बसिरहनुको कुनै औचित्य छैन । अब हामी नयाँ पार्टी अभियान थालेको हौ नेताहरूले भन्नू भयो ।




