ओलिका पर्दाफास,गंगा दाहालले गरिन् खुलासा
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सम्झौताका बारेमा ओलि निकट पक्षले गरेको झुटको प्रचण्डपुत्री गंगा दाहालले खुलासा गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निकटहरुले प्रचण्डले ओलिविरुद्ध पेश गरेको राजनीति प्रस्ताव फिर्ता ल्याउँने कुराको प्रचारबाजी गरिरहेका बेला गंगा दाहालले भने यो सम्झौता नभएको बताएकी छन् ।
बुधबार बेलुकी समाजिक सञ्जाल फेसबुकमार्फत गंगा दाहालले अंग्रेजीमा पोष्ट गर्दै लेखेकी छन्, ‘प्रधानमन्त्री र कार्यकारी अध्यक्षबीच सरकारले अघि सारेको अध्यादेश फिर्ता गर्ने र तत्काल संसदको डाक्ने प्रस्ताव फिर्ता गर्ने सम्झौता भएको छ ।’
प्रधनमन्त्री केपी शर्मा ओलीले हठात रुपमा ल्याएको अध्यादनेशबारे संसदमा छलफल गर्न आवश्यक रहेको भन्दै ८३ जना सांसदहरुको हस्ताक्षर सहितको पत्र बोकेर बुधबार दिउँसो १२ बजेर ४८ मिनेट जाँदा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका नेकपा स्थायी कमिटीका सदस्य भीम रावल र पम्फा भुसाल अझैं शितलनिवासमै छन् । नेपालपाना


