१२ मंसिर २०८३, शुक्रबार
ओलिलाई जसपाको समर्थन , प्रचण्डलाई भुकम्प गए जस्तो
काठमाडौं। नेकपा एमाले नेतृत्वको सरकार र जनता समाजवादी पार्टीले गठन गरेको कार्यदलबीच छलफल भएको छ । छलफलमा जसपाले एक शर्त अघि राख्दै सो शर्त पूरा भएमा सरकारलाई समर्थन गर्ने जनाएको छ ।
दुवैपक्षबीच सरकारको तर्फबाट जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको छ ।
त्यस्तै जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले प्रधानमन्त्री अोलीले सरकारलाई समर्थन गर्न र सरकारमा आउन सधै आग्रह गरेको बताएका छन् । तर, आफुहरुका माग पूरा भएमा मात्रै त्यसबारे निर्णय गर्ने उनले बताएका छन् ।
यसको अर्थ जसपाका मागहरु पूरा गर्ने शर्तमा जसपाले सरकारलाई समर्थन दिने लगभग निश्चित देखिन्छ ।
Subscribe
Login
0 Comments


