१४ आश्विन २०८३, बुधबार

ओलि सङै लगन गाठो राजेन्द्र महतो

एसीपी संवाददाता

२८ चैत्र २०७७, शनिबार १६:४२ मा प्रकाशित

काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले केपी ओली नेतृत्वको सरकार आफ्ना मुद्धा सम्बोधन गर्ने सन्दर्भमा सकारात्मक देखिएकाले अहिले नै अर्को गठबन्धन बनाउने सन्दर्भमा नसोचेको बताएका छन्। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको सरकारहरु देखिसकिएकाले एकपटकको लागि ओली सरकारलाई पनि मौका दिन लागिएको महतोले बताएका हुन्।

महतोले भने, ‘हामी त जसरी पनि माग मुद्दा सम्बोधन गराउने पक्षमा छौं। हाम्रा मुद्दा सम्बोधन गरे यही सरकारलाई धन्यवाद दिने हो। अर्को सरकार कहिले बन्ने/नबन्ने थाहा छैन। देउवा र प्रचण्डको सरकार विगतमा पनि हेरिसकेकै हो नि। सही मागलाई उहाँहरूले विगतमा सम्बोधन गरिदिनुभएन। केपी ओलीले पनि गर्नुभएको थिएन तर अहिले उहाँहरूले आफ्नो आवश्यकताले सम्बोधन गर्ने वचन दिएर प्रक्रिया अघि बढाउनुभएको छ। त्यसैले सरकारले गर्छु भनेपछि हेरिहालौं, गरिदियो भने राम्रै हुन्छ नि। प्रक्रिया पनि सकारात्मक रूपमा अघि बढिसक्यो । सरकारको प्रक्रिया कसरी अघि जान्छ, हेर्छौं ।’

महतोले आफ्नै पार्टीका नेताद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले ओली नेतृत्वको सरकारमा नजाने भनेर व्यक्त गरिरहेको विचार संस्थागत धारणा नभएको पनि बताए। ‘उहाँहरूको व्यक्तिगत विचार हो। लोकतन्त्रमा व्यक्तिगत विचार राख्न पाइन्छ । सत्ता समीकरणबारे पार्टीले निर्णय गर्छ,’ उनले भने।

महतोले निलम्बित सांसद रेशम चौधरीको रिहाइ प्रक्रिया अदालतमा भर पर्ने भएकोले थारु आन्दोलनमा अनाहकमै जेल परेका आफ्ना नेताकार्यकर्ता छुटाउनु आफूहरुको प्रारम्भिक माग भएको बताए।

महतोले भने, ‘चौधरीको त अदालती प्रक्रिया अनुसार अघि बढ्छ। चौधरी निर्दोष छन्, अदालतले न्याय दिन्छ भन्ने विश्वास छ। त्यसबाहेक विभिन्न प्रकारमा मुद्दा सन्दर्भमा प्रथम चरणमा २ सय ८ जनाको फाइल गृह मन्त्रालयमा पठाएका हौं। अर्को दोस्रो चरणको सूची पनि चाँडै पठाउँछौं। वर्षौंसम्म थाती रहेका विषय सरकारले सकारात्मक रूपमा अघि बढाएकाले पार्टीले त्यसलाई पर्खेर हेर्छ र निर्णयमा पुग्छ।’

नेपालदीप

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x