कडा कानून नबनाएसम्म बलात्कार र हिंसाका घटनाहरु कमी नहुने
बाँकेका युवाहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन । युवाहरुले कडा कानून नबनाएसम्म बलात्कार र हिंसाका घटनाहरु कमी नहुने भन्दै फाँसीको सजाय दिने कानून बनाउनुपर्ने जनाएका हुन् ।
- भारत-चीन द्वन्द्वमा मौन बस्ने अमेरिका यतिबेला भारतको पक्षमा केही खुलेको देखिन्छ
- टिकटकमा अश्लील भिडियो आउने गरेको भन्दै पाकिस्तानले लगायो प्रतिबन्ध
- सरकारसँग भएको ८ बुँदे सहमतिपछि २८ औं दिनमा अनसन तोडियो
’बलात्कारीलाई फाँसी दे’ लेखिएको प्लेकार्ड सहित स्थानिय युवाहरुले आईतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका छन । बिभिन्न बाल तथा युवा क्लबमा आवद्ध युवाहरुले बिभिन्न ९ बुँदे माग राख्दै प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन ।

टन्टलापुर घाममा नाङ्गो छातीमा नारा लेखेका र हातमा प्लेकार्ड बोकेका युवाहरु प्रशासन कार्यालय अगाडीको सडकमा धर्ना बसेकाहुन । उनिहरुले वर्तमान संविधानको धारा संसोधन गरेरै भएपनि बलात्कारीलाई फाँसी वा हदै सम्मको कारवाही हुनुपर्ने माग गरेका थिए । मुलुकमा पछिल्लो समय महिला हिंसा, बलात्कार र हत्याको श्रृखला बढेकाले यसलाई नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने उनीहरुको भनाई छ ।



