१५ आश्विन २०८३, बिहीबार

कन्चनपुर निवासी २८ वर्षिया गर्भवती महिलाको उपचारका क्रममा मृत्यु

एसीपी संवाददाता

१ पुष २०७७, बुधबार ०८:४१ मा प्रकाशित

प्रीति सिंह नेपालगन्ज । कोरोना भाइरस संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३० हप्ते गर्भवती महिलाको मृत्यु भएको छ ।

शुक्लाफाँटा-१० कन्चनपुर निवासी २८ वर्षिया गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २५ गते उनले सेती अस्पताल धनगढीमा कोरोना आशंकामा श्वाब दिएको र त्यसको भोलीपल्ट मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

गम्भीर समस्या देखिएपछि सोही दिन नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भई उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको गएराती १:१५ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना संक्रमण पछि उपचारका लागि आई ज्यान गुमाउनेहरको संख्या ७० पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x