कप्तानगंज घटना र नश्लीय शासकीय मानिसिकता
कप्तानगंज घटना र नश्लीय शासकीय मानिसिकता : गृहमन्त्रीजीसँगको पटक-पटकको वार्तामा सहभागी भएको छु । हिजो अबेर रातीसम्म पनि वार्ता भयो तर मृतक
( रविन्द्र मेहताको )
शव परिवारले बुझ्ने र दाहसंस्कार गर्ने वातावरण अहिलेसम्म बनेको छैन ।
वार्तामा गृहमन्त्रीज्यू बडो लचकताको साथ इमान्दारी पुरुवक प्रस्तूत हुनुभएको देखिन्छ तर सँगै रहनु भएका गृहसचिव वा अन्य कर्मचारी जगतमा त्यो गम्भीरता र इमानदारीता देखिन्न । गृहमन्त्रीले पीडित परिवार वा स्थानीय समाज/समुदायसमक्ष आवश्यकता भन्दा विनम्र भैइरहँदा तिनी ब्युरोक्राइट्सलाई भने त्यो कुरा मनपरिरहेका देखिन्न ।।
कारण हो, उहाँहरुको संकृण मानिसिकता, शासकीय नश्लीयता र हिजो पुरानाहरुसँगका हावीवादसम्मको नजिकता र आज नयाँहरुसँगका निहुरवादसम्मको बाध्यता ।
र अर्को कुरा मृतकहरु ओमप्रकाश, जयप्रकाश, रविन्द्र मेहता वा गणेश यादबको स्थानमा कुनै थापा, भट्टराई, कोइराला, कार्की आदि भैइदिएको भए र त्यो घटनास्थल देवानगंज-सुनसरी वा सिराहा नभई, धनकुटा, सिन्धुली आदि जिल्लाका ठाउँ भईदिएको भए अहिलेसम्म धेरै थोक भैइसकेको हुन्थ्यो ।
किनकी मृतकहरु मधेशी समुदायका नेपाली हुन् र घटना तराईमा भएका छन् । कुरो क्लियर छ । काठमाडौको सत्ताले पहाड र तराईलाई हेर्ने नजरिया फरक छ । पहाडी र मधेशीलाई हेर्ने दृष्टिकोण फरक छ । बिरेम्द्र केएमको समाजिक संजाल



