कफी पिउँदै ‘द्वन्द्वग्रस्त’ गणतान्त्रिक सिरिया र ‘स्थिर’ राजतन्त्रात्मक जोर्डनबारे सोच्दै!
मैले मेरा टिप्पणीहरूमा भूराजनीतिक र आन्तरिक खतराबारे बारम्बार उदाहरण दिने गरेको अरब राष्ट्र सिरियाका राष्ट्रपति बशर अल असद बर्षौंवर्षको तानाशाही शासन र भूराजनीतिक/आन्तरिक द्वन्द्वपछि देश छोडेर भागेका छन्।
सिरिया र वरीपरीको क्षेत्र (इजरेल-प्यालेस्टाइन, इराक, इरान, इजिप्ट, साउदी अरेबिया, रेड सी) दशकौँदेखि तनाव ग्रस्त छ; विविध प्रकारका भूराजनीति र आन्तरिक जातीय/धार्मिक संकटको क्रीढास्थल रहेको छ।
तर त्यस्तो तनावै तनावग्रस्त क्षेत्रको बीचमा पनि सिरियासँग जोडिएको राजतन्त्रात्मक देश जोर्डनचाहिँ किन स्थिर र शान्त छ?
एउटै – र मूलरूपमा एउटै — कारण त्यहाँ ऐतिहासिक र सांस्कृतिक विरासत बोकेको राजसंस्था छ, जसले अत्यन्तै संवेदनशील ढङ्गबाट देशलाई जोगाएको छ।
नेपालका ‘विचारभन्दा तल देश’ देख्ने प्रचण्डपन्थी नागरिक समाजका अगुवा, प्राज्ञ, पत्रकार, विचार निर्माताहरूले यो कहिले बुझ्ने होला?
यति ढिलो नहोस् कि देश सम्हाल्नै नसक्ने भूराजनीतिक/आन्तरिक संकटमा फसिसकेको होस्। नेता रबिन्द्र मिश्रको भनाइ समाजिक संजालमा



