कम्युनिष्ट सरकारले बाडेको सपना रेल,पानीजहाज, कता गयो ?- प्रवक्ता शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताले दिएको संसद खोज्न सडकमा आएको बताउनुभएको छ ।
संसद विघटनविरुद्ध काठमाडौं क्षेत्र नम्बर २ ले कोटेश्वरमा गरेको सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले जनताको संसद खोज्न सडकमा आएको बताउनुभएको हो । उहाले कम्युनिष्ट सरकारले सपना बाडेको उल्लेख गर्दै रेल,पानीजहाज, पानीका धाराबारे जनतालाई देखाएको सपना कतागयो भन्दै प्रश्नसमेत गर्नुभयो ।
प्रवक्ता शर्माले नेपाली काँग्रेस कसैको पक्षमा नभई जनता र नेपाली काँग्रेसकै पक्षमा उभिने बताउनुभयो । उहाले प्रधानमन्त्री केपी ओलीसंग शासन गर्ने कुनै आधार नभएको बताउदै नेकपाभित्रै पूर्वप्रधानमन्त्री माधव नेपालले संसदमा गीत गाएको स्मरण गर्नुभयो ।
अहिलेको अवस्था आउनुमा प्रधानमन्त्री केपी ओली, प्रचण्ड, माधव नेपाल दोषी रहेको बताउनुभयो ।
उहाले राष्ट्रपति विद्यादेवीले देशको संवैधानिक राष्ट्रपतिले कस्तो काम गर्नुपर्छ भन्ने ज्ञान सिक्न नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवसंग ट्युसन पढ्न जान अनुरोध समेत गर्नुभयो ।
उहाले मेलम्चिको पानी मकाठमाडौका जनतालाई कमिशनले महंगो बनाएको बताउदै कम्युनिष्ट सरकारको पालामा कमिशन मौलाएको जिकिर गर्नुभयो ।


