२ श्रावण २०८३, शनिबार

कर्णालीको जनता कोरोना महामारीमा,नेता कुर्सीको खेलमा

एसीपी संवाददाता

२७ आश्विन २०७७, मंगलवार ०३:५५ मा प्रकाशित

कोरोना संक्रमण अघि प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरी १७ वटा आईसीयू र ६ वटा भेन्टिलेटर थिए । तर अहिले जडानको क्रममा रहेको डोल्पा बाहेक प्रादेशिक अस्पतालमा २५ आईसीयू र १० भेन्टिलेटर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० आइसीयू र ६ भेन्टिलेटर रहेका छन् । त्यस्तै हुम्ला, कालिकोट र दैलेखमा पाँच पाँच आईसीयू र दुईदुई वटा भेन्टिलेटर, जाजरकोट र सल्यानमा दुईदुई आईसीयू र एकएक वटा भेन्टिलेटर छन् ।

नेताहरु कुर्सीको खेलमा ब्यस्त / सत्तारुढ दल नेकपाभित्रैबाट राजनीतिक अस्थिरताको खेल सुरु

नेताहरु कुर्सीको खेलमा ब्यस्त / कर्णालीमा सरकारविरुद्ध नेकपाकै १८ जना सांसदले आइतबार दर्ता गरे अविश्वासको प्रस्ताव

यो पढनुस समाचार / हुम्लामा हाम्रो भुमि मिचेको हो भन्ने म सँग प्रमाण छ-शाही

रुकुमको चौरझारी सामुदायिक अस्पतालमा चारवेडसहित हाल प्रदेशभरी ६२ बेड आइसीयू र २६ वेड भेन्टिलेटर राखिएको छ । त्यस्तै १० वटै जिल्लामा अक्सिजन प्लानको तयारी थालिएको छ । प्रदेशका सामाजिक विकास मन्त्री दल रावल कोरोना महामारी स्वास्थ्य पूर्वाधार सुधारमा अवसर बनेको बताउनुहुन्छ ।

कोभिड १९ को महामारी फैलिएका बेला स्वास्थ्य क्षेत्रमा सचेतना फैलाउने, पूर्वाधारदेखि जनशक्ति खटाउर्नेसम्मका काममा सुधार भएका छन् । प्रदेश सरकारले मेडिकल अफिसर समेत नबस्ने जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सकनै खटाएको छ । त्यहीबाट अहिले जटिल खालका शल्यक्रिया समेत हुन थालेका छन् ।

प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा प्रदीप पौडेल कर्णालीको स्वास्थ्य क्षेत्रको सुधारका लागि महामारी अवसर भएपनि अझ यसलाई स्तरीय बनाउन जनशक्ति र उपकरणको आवश्यकता देख्नुहुन्छ । कोरोना महामारीका बीच प्रदेश सरकारले १० जिल्लामा चिकित्सक र स्वास्थ्यकर्मीगरी ४२ जनालाई खटाएको छ ।

कोरोना प्रतिकार्यका लागि संघ र प्रदेश सरकारले कर्णालीका १७ वटा अस्पताललाई ३० करोड ५९ लाख बढी रुपैयाँ खर्चिएका छन् । यसरी गरिएको खर्चमा पूर्वाधार निर्माण, स्रोतसाधनको व्यवस्थापन, विशेष चिकित्सकिय सेवा प्रवाहलगायतको उपयोग दीर्घकालिनसम्म रहिरहे कर्णाली प्रदेश अन्तर्गत दुर्गममा रहेका नागरिकले उपचार अभावमा अकाल्मै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने थियो की ? स्वास्थ्यपेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x