कर्णालीमा सरकारविरुद्ध नेकपाकै १८ जना सांसदले आइतबार दर्ता गरे अविश्वासको प्रस्ताव
कर्णालीका मुख्यमन्त्री शाही। फाइल तस्बिर
कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वासको प्रस्ताव पेस गर्नेमा यमलाल कँडेल, चक्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अम्मरबहादुर थापा, सुशीलकुमार थापालगायत १८ जना रहेका छन् । शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका थिए। गठबन्धन गरेका तत्कालीन एमाले र माओवादीले बहुमत आएका ६ मध्ये ४ मा पूर्वएमाले र २ मा पूर्वमाओवादीलाई मुख्यमन्त्री बाँडेका थिए।
नेकपा सांसदहरूले नेकपा प्रदेश सभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको पत्रकार सम्मेलन गरी बताएका छन् । अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले महेन्द्रबहादुर शाही संसदीय दलको नेता चयन भएपछि संसदीय दलको प्रभावकारिता र सरकारको उपस्थिति फितलो भएको आरोप लगाएका छन् ।
राजसंस्था पुनस्थापनाको माग गर्दै वृहत मोटर साइकल र्याली
उनीहरूले तत्काल विधानको नियम १, २, ३ र ४ अनुसार बैठक राखेर प्रस्तावलाई निर्णयका लागि पेस गर्न मागसमेत गरेका छन् । कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रूपमा रहे पनि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबन्डा हुँदा कर्णाली र सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रको भागमा परेपछि उनले मुख्यमन्त्री पाएका थिएनन् । सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।
सरकारसँग भएको ८ बुँदे सहमतिपछि २८ औं दिनमा अनसन तोडियो
नेपालगन्जमा कोरोना भाइरस संक्रमित थप दुईजना विरामीको मृत्यु



