कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगु श्री छाँयानाथ रारा गमगढीमा सिरक वितरण
कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगु श्री छाँयानाथ रारा गमगढीमा सिरक वितरण गरिएको छ ।
२०८१ पुस १८ गते बिहीबारको दिन सनातन हिन्दु धर्म नेपालकी धार्मिक एवम् सामाजिक अध्यक्ष , बिश्व हिन्दु महासंघ केन्द्रीय सदस्य ॐ साई राम नेपाल र अन्तर धार्मिक राष्ट्रिय संजाल धार्मिक अगुवाको प्रमुख अध्यक्षतमा जिल्लाका धार्मिक सामाजिक , जेष्ठ नागरिक ,फरक क्षमताभएका ब्यक्तिहरु र बिपन्न वर्गका १०५ जना ब्यक्तिहरुका लागि न्यानो फाईबर सिरक र नारायण सेवा भोजनका साथसाथै लैगिंक हिंसा न्युनिकरण अभियानमा धार्मिक र सामाजिक अगुवाइ गर्ने ब्यक्तिहरुका लागि सत्संग र बृहत् अन्तरकृया गरिएको हो ।
चेतना मल्ल शाहीले विगतका वर्ष देखि दीन दु:खीलाई २०५४ साल देखि सहयोग गर्दै आइरहेकी हुन् । समाजमा भएका कुसंस्कार र रुढीबादी रितिवाज र हिंसा न्युनिकरणमा राष्ट्रिय र अन्तर्राष्ट्रियका साथसाथै सरोकारवाला निकायसँग सहकाॠ गँदै समाजिक सेवामूलक कार्यमा निरन्तर सेवारत छिन् ।




