कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।
रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए । अब केही दिनमा मै मलमास सुरु हुने र त्यस अवधिमा रथयात्रा गर्न नहुने भएकाले छिटो गरेर भए पनि जात्रा संचालन गर्न उनीहरुले माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरुले रथयात्र सुनिश्चीत गर्नुपर्ने, रथयात्रामा कसैको हस्तक्षेप हुन नहुने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् । यसबीच पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथलाई युवाहरुले तान्ने प्रयास समेत गरेका छन् । उनीहरुले रथ रहेको स्थानबाट केहिपरसम्म रथ तानेका थिए । सो क्रममा रथ तान्ने डोरी चुडिएपछि नयाँ डोरी लगाइएको थियो । रथ तान्ने क्रममा सयौको संख्यामा युवाहरु सहभागी भएपछि प्रहरीले माइकिङ गरि कोरोना संक्रमण हुने भन्दै सचेत गराएका थिए ।


