३२ असार २०८३, बिहीबार

कांग्रेसबाट सरकारमा गएका मन्त्रीले राम्रो पफमेन्स दिन सकेनन् : गगन थापा

एसीपी संवाददाता

२ बैशाख २०८२, मंगलवार ०९:५९ मा प्रकाशित

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा गएकाले राम्रो पफमेन्स दिन नसकेको दाबी गरेका छन्। उनले कार्यकर्ताले पार्टी नेतृत्व र सरकारमा गएका मन्त्रीसँग असन्तुष्टी भइरहेको बताएका हुन्।

उनले नेपालमा २०६० सालदेखि ७० सम्मको १० वर्ष माओवादीको हिंसाबाट क्षति भएका संरचना पुनर्निर्माणमै बितेको उल्लेख गरे। ‘२०६० सालदेखि ७० सालसम्मको १० वर्ष माओवादी हिंसाले सिर्जना गरेका जति पनि परिणामहरु जे कुरा भए त्यसको व्यवस्थापन गर्दाखेरि हाम्रो १० वर्ष बित्यो।’ महामन्त्री थापाले भने, ‘७० देखिको ८० सम्मको १० वर्ष प्रारम्भिकरुपमा त्यसलाई व्यवस्थापन गरिसकेपछि त्यसलाई दीगोरुपमा समाधान खोज्नेक्रममा संविधान बनाउने, चुनाव गराउनेमा बित्यो। १०-१५ वर्षमा बल्ल हामी इन्फास्टक्चर बनायौं। अब दौडिने बेला आएका छौं।’

महामन्त्री थापाले ६० सालको बैशाख २ गते माओवादीको हिंसाले गर्दा अहिले २०८२ बैशाख २ भन्दा झन् प्रतिकूल रहेको उल्लेख गरे। उनले कांग्रेसले देशलाई भरोसा दिलाउन सक्नुपर्ने धारणा राखे। थापाले नेपाली समाजमा देखिएको निराशा हटाउँदै आत्मविश्वास र भरोसा दिलाउन पार्टी लाग्नुपर्ने बताए।

उनले नेतृत्वको शैलीको कारण जनताको अवस्था नबदलिएको दाबी गरे। उनले भने, ‘नेतामा समस्या छ। नेताको शैलीमा समस्या छ। उनीहरुलाई बदल्नुपर्छ। हामीले व्यवस्था बदल्ने होइन, नेता बदल्ने हो तब समस्या हल हुन्छ।’ उनले ८० को दशकमा नागरिकको अवस्था बदल्नुपर्ने आवश्यकता रहेको धारणा राखे।

उनले भने, ‘यो सरकारलाई सफल बनाउन परिणाम दिने गरी काम गर्न आफू तयार रहेको हुँ। तर मानिसको अपेक्षाको गति पक्रन सकेन। कता कता जोस हटिरहेको छ। यसलाई कसरी चिर्ने अलमलमै छौं।’

उनले अहिले राजनीतिक परिवर्तन वा सरकार परिवर्तन गर्ने खेलमा कांग्रेस नभएको उल्लेख गर्दै सरकारले डेलिभरी दिनुपर्छ भन्नेमा केन्द्रित रहेको धारणा राखे। उनले अर्को गठबन्धन बनेर कुनै नयाँ उपलब्धि नहुने भएकाले जनताका असन्तुष्टि समाधानमा सबै लाग्नुपर्ने स्पष्ट पारे। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x