१ श्रावण २०८३, शुक्रबार

कांग्रेसमा महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने माग

एसीपी संवाददाता

१३ आश्विन २०७७, मंगलवार ०१:४६ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै पार्टी कार्यालयमा विरोधपत्र दर्ता गराएको छ ।

सोमबार पौडेल पक्षका नेता नवीन्द्रराज जोशी नेतृत्वको टोलीले पत्र दर्ता गरी पार्टी मुख्यालय सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पत्र बुझाएको हो। महाधिवेशनको सुनिश्चितता, निश्चितता, विभागहरुको गठन, भातृसंस्थाको निर्वाचन र क्रियाशिल सदस्यता लगायतका विषयमा विरोधपत्र दर्ता गरिएको नेता जोशिले बताउनुभयो । पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्ने सिलसिलामा गर्नुपर्ने स्थानीय तहको समायोजन प्रक्रिया तथा महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि विधानमा भएका व्यवस्थालाई ख्यालै नगरी पार्टीबाट विधान विपरित भएका काम तथा निर्णयहरु तत्काल खारेज गर्न पत्रमा माग गरिएको जोशीले जानकारी दिनुभयो ।

विरोधपत्रमा विदेशस्थित जनसम्पर्क समितिहरुको पनि विधिसम्मत र केन्द्रीय कार्यसमितिको निर्णयानुसार अधिवेशन गराएर मात्र महाधिवेशनमा प्रतिनिधित्व गराउन माग गएिको छ ।पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको विरोधपत्रमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x