२ श्रावण २०८३, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक आज, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने

एसीपी संवाददाता

१६ भाद्र २०८१, आईतवार १०:५८ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । गत २३ साउनदेखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा प्रभावित हुँदै आएको थियो ।

प्रतिवेदनमाथि शीर्ष तहमा सहमति जुटेकोले आजको बैठकले परिमार्जनसहित पारित हुने नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ ।

केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्नेछ । शीर्ष नेताहरूको सम्बोधनसहित निर्णयहरू पारित गरेर बैठक आजै समापन गर्ने पार्टीको तयारी छ ।  रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x