१३ आश्विन २०८३, मंगलवार
काग्रेस युवा प्रचार नेटवर्क आवद्ध बिद्यार्थीद्धारा संसद बिघटन बिरुद्ध प्रर्दशन
फाइल तस्बिर
संविधान बिघटन असंवैधानिक भएको भन्दै युवाहरुले संविधान पढेर बिरोध प्रदर्शन गरेका छन् ।
नेपाली काग्रेस युवा प्रचार नेटवर्क आवद्ध बिद्यार्थीहरुले संविधानमा हुदै नभएको प्रावधानलाई टेकेर संसद बिघटन गरिएको भन्दै मंगलबार काठमाडौंको माइतिद्धरमा संविधान पढेर विरोध प्रर्दशन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले संविधान भित्र संसद बिघटनको व्यवस्था खोज्दै रचनात्मक विरोध गरेका थिए ।
मुलुकमा हत्या हिंसा बलात्कार, भ्रष्टचारका घटना बढ्दा सरकार भने पदको जाडघटाउमा लागेको उनीहरुको आरोप छ । मुलुकले लामो समयपछि संविधान निर्माण भएपछि अहिले सरकारले संविधानमाथि कु गरेको आरोप उनीहरुले लगाए । उनीहरुले सरकारको कदमले लोकतन्त्र खतरामा परेको तर्क समेत गरे ।
Subscribe
Login
0 Comments


