काङ्ग्रेसका बिश्व प्रकाश शर्मा जसपाका बाबुराम भट्टराई बिच बहस
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलाई नयाँ सरकार गठनका लागि पहल चाल्न खुला आग्रह गरेका छन् । प्रवक्ता शर्माले कांग्रेसले जस्तै प्रष्ट निर्णय गर्न भन्दै सामाजिक सञ्वालबाट खुला आग्रह गरेका हुन् ।
शुक्रबार कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनको अगुवाइ गर्ने निर्णय गरेको थियो । जसपाका नेता भट्टराईले सामाजिक सञ्जालमा कांग्रेसको यो कदमको स्व्वाागत गरेका थिए ।
नेता भट्टराईले लेखेका छन्, ‘अन्तत:प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है१’
यसैको जवाफमा कांग्रेस प्रवक्ता शर्माले जसपामा पनि यस्तै निर्णय गर्ने क्षमता देखाउन भन्दै टिप्पणी गरेका हुन् ।
‘संकेत होइन श्रद्धेय डा. बाबुराम भट्टराईज्यू, प्रस्ट निर्णय गरेका छौं, कांग्रेसको प्रशंसा गर्नुभयो, धन्यवाद छ, अब कांग्रेसले जस्तै एकताबद्ध र प्रस्ट निर्णय जसपामा गर्ने क्षमता प्रस्तुत गर्नोस् , तब बन्नेछ नयाँ समीकरण ’ उनले लेखेका छन् ।
साथै शर्माले डाक्टर भट्टराईलाई व्यंग्य गर्दै लेखेका छन्, ‘ट्विटर मन्थन केही दिनलाई यतिमै छाडेर आन्तरिक अभ्यासमा लाग्ने कि कमरेडर ?’नेपालपाना


