५ असार २०८३, शुक्रबार
काठमाडौंका त्रिपुरेश्वरस्थीत बंशीखाट क्षेत्रमा रहेको सुकुम्वासी बस्ती डुवानमा

बागमती नदीमा आएको बाढीका कारण काठमाडौंका त्रिपुरेश्वरस्थीत बंशीखाट क्षेत्रमा रहेको सुकुम्वासी बस्ती डुवानमा परेको छ ।
अविरल परेको पानीका कारण बस्ती नै डुवानमा परेपछि नेपाली सेना र प्रहरी उद्धारमा खटिएका थिए ।
घर तथा टहरामा चार पाँच फिटसम्म पानी जमेको प्रहरीले जनाएको छ । बर्षाका कारण बागमतीमा ठूलो बाढी आएको थियो । बाढि आएपछि सुरक्षाकर्मीले बासिन्दालाई सुरक्षीत स्थानमा ल्याएका थिए भने अत्यावश्यक सामाग्री निकाल्न माइकिङ गर्दै नदि छेउमा नजान आग्रह पनि गरेको थियो । यस्तो बाढीका कारण काठमाडौंका अन्य स्थानमा पनि घरभित्र पानी छिरेको छ । गोकर्णमा पनि एउटा मोटरसाइकल बगाएको थियो । बर्षाका कारण बाग्मतीका साथै बिष्णुमति, धोविखोला लगाएतमा पनि बाढि आएको छ ।
Subscribe
Login
0 Comments



