१ श्रावण २०८३, शुक्रबार

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा रोजिना श्रेष्ठ निर्वाचित

एसीपी संवाददाता

१७ मंसिर २०८१, सोमबार ०९:०२ मा प्रकाशित

काठमाडौं ।  काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । रास्वपाकी श्रेष्ठले १५ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३ सय ४ मत पाएका छन्।

एमालेका लक्ष्मीरत्न तुलाधरले १२ सय १८ मत पाएकी छन्। नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ मत पाउँआ अर्का स्वतन्त्र सम शाक्यले ११८ मत ल्याएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x