१८ भाद्र २०८३, बिहीबार

काठमाण्डौंमा भएको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु

एसीपी संवाददाता

१४ चैत्र २०८१, शुक्रबार २१:३९ मा प्रकाशित

काठमाण्डौं – शुक्रबार भएको राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा आगलागीमा परेको घरबाट लाइभ गरिरहेका एक पत्रकारको निधन भएको छ । एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको हो ।

रजक सो भवनमा फसेको र उद्धारका लागि प्रहरी तथा प्रमुख जिल्ला अधिकारीलाई बारम्बार सम्पर्क गरेपनि बेवास्ता गरिएको एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारको भनाई छ ।

राजसंस्था पक्षधरहरूको आन्दोलनमा परी कीर्तिपुरका सविन महर्जनको पनि गोली लागेर निधन भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x