किशोरीहरुका लागि चार दिने पत्रकारिता तालिम
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपालको आयोजनामा शुरु भएको तालिममा बालविवाह रोकथाम परियोजना अन्तर्गत् गठन भएका किशोरी क्लबसंग आवद्ध किशोरीहरुको सहभागिता छ । तालिममा नेपालगञ्ज उमहानगरपालिकाको वडा नम्बर १, २, ६, ७, २१ र २२ नम्बर वडामा गठन भएका किशोरी क्लबका ३६ जना किशोरी सहभागी छन् । कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै तीन समूह बनाएर १२/१२ जनाको तीन वटा कक्षा सञ्चालन गरिएको छ ।
तालिममा सञ्चार, सञ्चार सीप, आम सञ्चार, पत्रकारिता, समाचार, लेख, प्रेस विज्ञप्ति, ज्ञापनपत्र लेखन लगायतका विषयमा सहजीकरण गरिने स्याक नेपालका फिल्ड सुपरभाइजर अकलिम खाँले जानकारी दिनुभयो । तालिममा पत्रकारहरु गोपी बुढा, शंकर खनाल र नवीन गिरीले सहजीकरण गरिरहनुभएको छ ।
सञ्चार सीप सम्वन्धि ज्ञान प्रदान गर्दै किशोरीहरुको क्षमता अभिबृद्धि गर्न तालिम आयोजना गरिएको स्याक नेपालका बालविवाह रोकथाम परियोजनाका प्रोजेक्ट म्यानेजर जगदिश थापाले बताउनुभयो ।


