११ मंसिर २०८३, बिहीबार
किसान् मर्न पाईदैन भन्दै सरकार विरुद्ध बिरोध प्रदर्शन
अहिले देशमा जहाँ एक तर्फ कोरोनाको महामारि रहेको छ भने आर्को तर्फ मलको अभावमा किसान् पीडित हुँदै गएका छन । अहिले किसानहरु विभिन्न स्थानबाट सरकार विरुद्ध प्रदर्शन गर्न शुरु गरेका छन् । सोही क्रममा कंचनपुरको मजगाउका किसानहरु आन्दोलित भएका छन् । उनिहरु किसान मार्न पाईदैन पाईदैन मल मलको ब्यवस्थापन छिटो गर भन्दै चर्का नारा लगाउदै शनिबार नेपाल सरकार विरुद्ध आन्दोलनमा उतरेका छ्न । ज्ञात होस कि नेपाल् सरकार र बाङ्लादेश सरकार बिच केही महिना पहिले भएको सम्झौता अनुसार बाङ्लादेशले पैचोमा मल सहयोग गर्ने बताएको थियो । अहिले सम्झौता भएको महिनौ बिति सक्दा पनि मल आउने कुनै बाटो देखिन्न बाङ्लादेश पनि झुठो आश्वासन मात्र देखाएको बिज्ञहरुले बताउछन् । प्रेम चन्दले आफ्नो समाजिक सन्जाल फेस्बुकमा सरकार विरुद्ध किसान हरु आन्दोलन गर्न बाध्य भएको बताउँछन ।
Subscribe
Login
0 Comments


