२ श्रावण २०८३, शनिबार

कुर्सीको खेलमा नेता दु:ख पाउदै जनता,मन्त्रालयको चरम लापरबाही

एसीपी संवाददाता

३ मंसिर २०७७, बुधबार १५:५३ मा प्रकाशित

मन्त्रिपरिषद्ले बंगलादेशबाट मल खरिद गर्ने निर्णय लिएको आठ दिन बितिसकेको छ । तर, सो निर्णय अझै कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेको छैन् ।

२४ कात्तिकको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग सरकारी तह (जीटूजी) मार्फत ५० हजार मेट्रिक टन मल किन्ने निर्णय गरेको थियो ।

सो निर्णयको विस्तृत विवरण अहिलेसम्म प्राप्त नभएका कारण खरिदको प्रक्रिया अघि नबढेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

बंगलादेशका लागि नेपाली राजदूतलाई नै मल खरिदको सबै अख्तियारी दिनेगरी प्रस्ताव मन्त्रिपरिषद् पठाएको मन्त्रालयका एक अधिकारीले बताए । ‘मन्त्रिपरिषद्मा मलका विषयमा निकै लामो छलफल भएछ । नेपालमै मल कारखाना खोल्ने लगायतका विषयमा लामै छलफल पछि कार्यदल पनि बनेछ तर हामीलाई अहिलेसम्म मन्त्रिपरिषद्को निर्णय प्राप्त भएको छैन्,’ मन्त्रालयका ती अधिकारी भन्छन्, ‘हामीले पठाएको प्रस्ताव कसरी पारित भयो भन्ने नै जानकारी नआएपछि अहिलेलाई थप प्रक्रिया अघि बढेको छैन ।’

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार सरकारको निर्णय आइपुगेपछि पनि खरिद प्रक्रिया र अन्य प्राविधिक कारणले मल नेपाल आइपुग्न कम्तीमा एक महिना लाग्छ । तर एक साता भन्दा बढी समयसम्म पनि मन्त्रिपरिषद्को निर्णय नआइपुग्दा अन्योल झनै बढेको कम्पनीले जनाएको छ ।

मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय प्राप्त गरेपछि बंगलादेशी कम्पनीसँग खरिद सम्झौताका लागि कृषि सामग्री कम्पनीले मन्त्रालयबाट अनुमति पाउने छ । यही बीचमा बंगालदेशले आफ्नो मन्त्रिपरिषद्मा मल बिक्रीको प्रस्ताव स्वीकृत गरेर नेपाललाई मूल्य पठाउनेछ । त्यसपछि दुई देशबीच मल खरिद सम्झौता हुनुपर्छ ।

यो सबै प्रक्रिया पुरा गरेपछि मात्रै मल ल्याउने ठेकदार कम्पनीले एलसी खोल्ने र एलसी खोलेको थप २० मा मात्रै नेपाल मल आइपुग्न थाल्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । अनलाइनखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x