११ मंसिर २०८३, बिहीबार

केपि ओलिले अब धम्काउन लागे नेकपा प्रचण्ड–नेपाल समुहको गुनासो

एसीपी संवाददाता

२६ पुष २०७७, आईतवार १८:३८ मा प्रकाशित


नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद विघटनका विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले धम्क्याएको भन्दै भत्र्सना गरेको छ ।
पेरिसिडाडामा आइतबार बसेको सो समूहको सचिवालय बैठकले ४ जना पूर्व प्रधानन्यायाधीशहरूले संसद विघटनका विषयमा प्रतिक्रिया दिएपछि ओलीले धम्की दिएको भन्दै उक्त कार्यको प्रतिवाद गर्दै कडा शब्दमा भत्र्सना गरेको सो प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
वैयक्तित स्वतन्त्रता र संवैधानिक अधिकारको हनन भएको भन्दै त्यसको रक्षाका लागि बैठकले अपील गरेका उहाले जानकारी दिनुभयो ।
बैठकले सबै नागरिक समाज, पार्टी, सबै सचेत र प्रबुद्ध व्यक्तिलाई यसप्रकारको हमलालाई एकजुट भएर परास्त गर्ने आह्वान गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।
बैठकले ओलीले सरकारी सञ्चारमाध्यमको दुरुपयोग गरेको भन्दै तत्काल त्यो कार्य रोक्न मागसमेत गरेको उहाले बताउनुभयो । बैठकले संघर्षको कार्यक्रमलाई शसक्त बनाउने निर्णय गरेको उहाले बताउनुभयो ।

ेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको बताउनुभयो । प्रचण्डको भारत भ्रमणको कुरा नितान्त आफ्नो परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको उहाले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x