२ श्रावण २०८३, शनिबार

कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पारिने-प्रधानमन्त्री

एसीपी संवाददाता

२० कार्तिक २०७७, बिहीबार १७:५४ मा प्रकाशित

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने ‘कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पारिने बताएका छन् ।

प्रधानमन्त्रीको यो संकेत पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालतर्फ लक्षित छ । किनभने, कोटेश्वरमा पूर्वमाओवादीको कार्यालय (पेरिसडाँडा) रहेको छ । र, माधव नेपालको निवास पनि कोटेश्वरतिरै छ । बिहीबार बालुवाटारमा मन्त्रिपरिषद बैठक चलिरहेकै बेला पेरिसडाँडामा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो, जसलाई प्रधानमन्त्रीले ‘तानाबाना’ को संज्ञा दिएका हुन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठक राजनीतिक अभिव्यक्तिबाट प्रधानमन्त्रीले सुरु गरेका थिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिले पनि कोटेश्वरतिर अनेक तानावाना बुनिदैछ, तर त्यो सफल हुन दिइने छैन ।’

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले लामो समयपछि मन्त्रिपरिषद् बैठकमा राजनीतिक अभिव्यक्ति दिएका हुन् । सरकार असफल बनाउँदा पार्टी र देश बलियो नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्रीले धेरैबेर पार्टी विवादबारे बोलेनन् । कुनै पनि मन्त्रीले चासो नदिएको थाहा पाएपछि प्रधानमन्त्री बैठकको विषयवस्तुतिर प्रवेश गरे ।

धेरैजसो साँझतिर बस्ने मन्त्रिपरिषद् बैठक बिहीबार भने बिहानै बोलाइएको थियो । मन्त्रिपरिषद् बैठकबारे मन्त्रीहरुलाई समेत बिहान मात्र जानकारी दिइएको थियो ।

साढे ९ बजे अपर्झटजस्तै बोलाइएको मन्त्रिपरिषद् बैठक झण्डै १२ बजेसम्म चलेपछि अर्का अध्यक्ष प्रचण्डसँगको सम्वाद केही घण्टा पछि सरेको थियो । ओली र प्रचण्डबीच बिहीबार बिहान १० बजे बैठक बस्ने तय भएको थियो ।

मन्त्रिरिषद् बैठक लम्बिइरहँदा उता पेरिसडाडाँमा अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको थियो ।

क्याबिनेट सकिएपछि ओली र प्रचण्डको भेट प्रधानमन्त्रीनिवास बालुवाटारमा झण्डै एक घण्टा चल्यो । तर, दुवै अध्यक्ष आ–आफ्नै अडानमा रहेपछि कुनै निश्ष्कर्ष भने निस्किएन ।

भेटवार्तामा कर्यकारी अध्यक्ष प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन माग गरे पनि प्रधानमन्त्रीले अस्वीकार गरेको स्रोतले बतायो ।अनलाइन खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x